बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु



झापा । झापामा बाबुले चलाएको ट्याक्टरले किचेर नाबालिका छोरीको मृत्यु भएको छ ।

कनकाई नगरपालिका-७ दुर्गापुरमा बाबुले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु भएको छ । आज दिउँसो १२ बजे बाबु बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर दुई बर्षीया नाबालिका छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलिरहेकी आरुचीलाई किचेको थियो । दुर्घटनामा नाबालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रहरी नायव निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिनुभयो । प्रहरीले ट्याक्टर नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्