ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु



पाँचथर, १२ माघ

पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इलामको माङसेबुङ गाउँपालिका–३ बाघमाराका २१ वर्षीय रविन लिम्बू छन् । राँके बजारबाट मिक्लाजुङ–४ रबितर्फ जाँदै गरेको प्रदेश १–०१–००१ त ८५९५ नम्बरको ट्र्याक्टर आज दिउँसो करीब १ बजे मिक्लाजुङ गाउँपालिका–१ फुङसिङबाट दुर्घटना भएको थियो । कच्ची सडकबाट करीब ७ मिटर तल झरेर भएको दुर्घटनामा सोही ट्र्याक्टरको इन्जिनले किचेर चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतक चालकको शव शवपरीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र रबि लगिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । दुर्घटनाबारे इलाका प्रहरी कार्यालय रबिबाट प्रहरी निरीक्षक केशव अधिकारी कमाण्डको टोलीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्