
फिदिम । नेपालमा थप १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कूल २२ हजार ८२८ जनाको नमूना परीक्षण गर्दा सो सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका हुन् । आज परीक्षण गरिएका ४४.९३ प्रतिशत ब्यक्तिमा कोभिड–१९ सङ्क्रमण देखिएको हो ।
१७ हजार ८७२ जनाको पीसीआर र ४ हजार ९५६ जनाको एन्टिजेन परीक्षण गर्दा १० हजार २५८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा ५६२ जनाले कोरोनालाई जितेका छन् ।
सोही अवधिमा एक संक्रमितको मृत्यु भएको छ । अहिले देशभर सक्रिय संक्रमितको संख्या ३९ हजार ४४ पुगेको छ ।