२४ घण्टामा ४,९६१ जना सङ्क्रमित थपिँदा ४३५ संक्रमणमुक्त



काठमाडौँ, २ माघ

पछिल्लो २४ घण्टामा थप ४९६१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरमा १५ हजार १३१ नमूना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४३५ जना संक्रमणमुक्त भएका छन् भने तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २५ हजार ६८० संक्रिय संक्रमित छन् ।

त्यस्तै, २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ हजार ३४७ जना संक्रमित थपिएका छन्। जसमध्ये काठमाडौँमा २ हजार ५४५, ललितपुरका ४७४ र ३२८ जनामा संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुनेको संख्या कुल ११ हजार ६२० जना पुगेको छ । नेपालमा संक्रमितको मृत्युदर १.४ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा ५४ हजार ३१२ जनाले कोरोनाविरुद्वको खोप लगाएका छन्। हालसम्म एक करोड ५८ लाख ३७ हजार ६७१ जनाले कोभिडविरूद्धको खोप पहिलो मात्रा लगाएका छन् भने एक करोड २१ लाख २७ हजार ८२९ जनाले पूर्ण मात्रा लगाएका छन् ।
प्रदेश १ मा थप ३४७ जनामा सङ्क्रमण

सोही अवधिमा प्रदेश नं. १ मा ३४७ जनामा कोरोना सङ्क्रमण भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार ६९५ जनाको पिसीआर परीक्षण गर्दा ३०४ र २५६ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पिसीआर परीक्षणका आधारमा मोरङमा १६६, झापामा ५८, सुनसरीमा ५१, उदयपुरमा पाँच, ताप्लेजुङ र भोजपुरमा दुई–दुई, खोटाङमा एक र प्रदेश बाहिरका १९ जनामा सङ्क्रमण भएको हो । प्रदेशमा आज सात महिलासहित २१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ६८० रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्