
सुनसरी, २ माघ
सुनसरीको बर्जु गाँपालिका–५ तीननमुहानबाट नियन्त्रित लागूऔषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारतको कटहरिया–१० का मिठु राय, पूर्णिया सर्सीका पंकज महलदार र कटहरिया–१९ का जितेन्द्र राय रहेका छन् । गाँजाको ओसार–पसार भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले शनिवार राती पौने ९ बजे उनीहरुलाई १०० किलो गाँजा सहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरुका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।