
मोरङ, २ माघ
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का ३३ बर्षीय जय शर्मालाई आफ्नी श्रीमतीको कुटपीट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
गत पुस ३० गते शर्माको कुटाईबाट घाइते भएकी १९ बर्षीया श्रीमती पूजा विश्वकर्मालाई उपचारका लागि नोवेल अस्पताल बिराटनगर लगिएकामा उनको अस्पतालमा उपचार हुन नसकी घर फर्काउने क्रममा बाटैमा मृत्यु भएको थियो । उक्त घटनामा सम्लग्न शर्मालाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।