अबैध औषधीसहित दुई जना पक्राउ



मोरङ, २ माघ

मोरङको रतुवामाई नगरपालिका–९ भौडाबाट अबैध औषधीसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ सुनबर्शी नगरपालिका–६ का ३२ बर्षीय श्रवणकुमार ताजपुरीया र सुनबर्शी–७ का ३० बर्षीय कार्तिक चन्द दास रहेका छन् । बिशेष सूचनाको धारमा आज बिहान ९ः३० बजे प्रहरी चौकी इटहराबाट खटिएको प्रहरी टोलीले प्रदेश १–०२–०४६ प ७८६९ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई चेकजाँच गर्ने क्रममा अबैध औषधी सहित उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ परेकाहरुका साथबाट TRAMODOL HYDROCHLORIDE CAPSULE बीस हजार ट्याब्लेट बरामद गरेको हो । अबैध औषधीसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि औषधी ब्यबस्था बिभाग बिराटनगर पठाउने तयारी भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्