
फिदिम, २१ पुस
पाँचथरको फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा अहिले बेलुकी आगलागी हुँदा तीन वटा घरहरु जलेका छन् ।
बरभञ्ज्याङका जीतबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगलागीमा यहाँका रामजीत राई र मनबहादुर राईका घर जलेका हुन् । आगलागीमा तीन वटा घरमा रहेको आइएमईको कार्यालय सहित आधा दर्जन बढी पसलहरु जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिनुभयो ।
आगलागीमा तीन वटा घरमा आलो लागिरहेकाले हावाहुरी चलिरहेको र नजिकैका घरमा आगो सल्किने खतरा रहेको राईले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई वटा दमकल त्यसतर्फ लागेका छन् । बरभञ्ज्याङ फालेलुङ गाउँपालिका वडा नं. ६ को केन्द्रका रुपमा रहेको बजार हो ।