पार्टी कार्यालय आई एमाले प्रवेश गरे काँग्रेसका १५ कार्यकर्ता



फिदिम, १८ पुस

नेकपा (एमाले) को फिदिम स्थित जिल्ला कार्यालय आई नेपाली काँग्रेसका १५ जना कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् ।

पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नं. १ नवमीडाँडाका पाँच जना क्रियाशील सदस्यहरु सहित १५ जना काँग्रेस कार्यकर्ता आज एमालेमा प्रवेश गरेका हुन् । काँग्रेस नेतृ निर्मला कन्दङ्वा आङ्देम्बेको नेतृत्वमा उनीहरु एमाले प्रवेश गरेका हुन् । एमालेले नेतृत्व गरेपछि स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म विकास र समृद्धिले गति लिने गरेको पाएपछि आफूहरु एमालेमा समाहित भएको नवप्रवेशीको भनाई थियो । नेतृ निर्मला कन्दङ्वा आङ्देम्बेले जनताको जीवनस्तर उकास्ने र जनताको विकासको चाहना काँग्रेसबाट पूरा नहुने बुझेपछि आफूहरु एमालेमा प्रवेश गरेको वताउनुभयो ।

नवप्रवेशीहरु एमालेका केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला इन्चार्ज समेत रहनुभएका पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङ, केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्जद्वय श्रीप्रसाद जबेगू र अइन्द्रसुन्दर नेम्वाङ, एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारी, सचिव धनकुमार फियाक, उपसचिव नरबहादुर गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख विष्णुप्रसाद सापकोटा, फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वीरबहादुर कुरुम्बाङले अबिर माला सहित स्वागत गर्नुभयो । पार्टीमा स्वागत गर्दै एमालेका नेताहरुले नवप्रवेशीहरुलाई पार्टीमा उचित राजनीतिक जिम्मेवारी दिने वताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्