हिमपातले सेताम्य पाथीभरा



फिदिम, १४ पुस

वर्षापछि हिमपात हुँदा ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्र हिउँले सेताम्य बनेको छ । ताप्लेजुङमा सुकेटार विमानस्थलसम्म हिमपात भएको छ । पाथीभरा जाने पदमार्गमा प्रवेशद्वारदेखि नै हिउँ पर्दा यी स्थान निकै आकर्षक र मनमोहक देखिएका छन् ।

पाथीभरा माताको दर्शनका लागि पछिल्ला वर्षहरुमा बाह्रै महिना दर्शनार्थीहरु पुग्न थालेका छन् । हिमपात भएपछि भने अत्यधिक चिसो हुने हुँदा एकदमै न्यून संख्यामा मात्रै दर्शनार्थी पुग्ने गर्दछन् ।

(तस्वीर स्रोत : राजेन्द्र महत)

प्रतिक्रिया दिनुहोस्