आगलागीमा तीन घर जले



पाँचथर, १४ पुस

पाँचथरको फालेलुङ गाउँपालिका–३ ताङ्लेपामा आगलागी हुँदा तीन वटा घर जलेका छन् ।

ताङ्लेपाका पूर्णबहादुर केरुङको भान्साघरबाट गएको मध्यरात सुरु भएको आगलागी केरुङकै अन्य दुई घर फैलिएको थियो । काठ र टिनले बनेको भान्साघरमा लागेको आगो नियन्त्रण गर्न नपाउँदै अन्य घरमा सल्कँदा घर सहित घरमा भएका सम्पूर्ण मालसामान, लत्ताकपडा, नगद तथा गरगहना जलेको जिल्ला प्रहरी कार्यालय पाँचथर जनाएको छ ।

आगलागी विहान १० बजे मात्रै पूर्ण नियन्त्रणमा आएको थियो । आगलागीमा करीब रु. ५० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्