कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी



फिदिम । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । गगन, शेखर कोइराला र विश्वप्रकाश, प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवार बनेका थिए ।

महामन्त्रीमा कूल ४६८२ मत खसेको थियो । जसमध्ये थापाले ३०२३ मत र शर्माले २२४६ मत ल्याउँदै विजयी भए । यस्तै महामन्त्री पदमा डा. प्रकाश शरण महतले १५५० मत, प्रदीप पौडेलले १४०९ मत, डा. मिनेन्द्र रिजालले ८०९ र डा. राजाराम कार्कीले १०७ मत प्राप्त गरे । यद्यपि उक्त मतपरिणामको आधिकारिक घोषणा भने भएको छैन् ।

प्रतिक्रिया दिनुहोस्