मोटरसाइकल चोरी गर्ने तीन जना पक्राउ



झापा, २१ मङ्सिर

झापामा मोटरसाइकल चोरीमा सम्लग्न रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा इलामको सूर्योदय नगरपालिका–१ का २१ बर्षिय आशिष सुब्बा, सूर्योदय–८ का २१ बर्षिय विवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका–३ बिर्ताबजार का २६ बर्षिय रञ्जित राजवंशी रहेका छन् । झापामा मोटरसाइकल चोरीको घटना बृद्धि भए पश्चात इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले खोजतलासका क्रममा उनीहरुलाई चोरी भएको मे ६ प २५०५ नम्बरको १५० सीसीको पल्सर मोटरसाइकल र मे ११ प ९७३५ नम्बरको १५० ससीको एफजेड मोटरसाइकल सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्