एमाले सचिवमा गोकर्णलाई लोकप्रिय मत, भीम आचार्य र टंक कार्की पराजित



चितवन, १० मङ्सिर

नेकपा (एमाले)को सात सचिव निर्वाचित भएका छन् । सौराहमा भर्खर सकिएको मत गणनाअनुसार गोकर्ण विष्ट, योगेश भट्टराई, छविलाल विश्वकर्मा, पद्मा अर्याल, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ निर्वाचित भएका हुन् ।

गोकर्णले १९७६ मत पाएका छन् । सचिवका उम्मेदवारले पाएको यो सर्बाधिक मत हो । योगेशले १९६४, छविलाल र पद्माले समान १८०० मत पाएका छन् । लेखराजले १७०४, टोपबहादुरले १७०० र रघुवीरले १५१३ मत पाएका छन् । सचिवमा निर्वाचित भएका सबै अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेका उम्मेदवार हुन् ।

छुट्टै उम्मेदवारी दिएका भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । तर अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मत सूचीविरूद्ध सचिवमा उम्मेद्वारी दिएका भीमप्रसाद आचार्यले भने प्रतिस्पर्धात्मक मत ल्याएका छन् । आचार्यले १३०० मत पाउँदा टंकप्रसाद कार्कीले ५०० मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्