आठ वटै स्थानीय तहमा माओवादी केन्द्रको अधिवेशन सम्पन्न



फिदिम, १४ मङ्सिर

पाँचथरका आठ वटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र)को अधिवेशन सम्पन्न भएको छ ।

हिँजोबाट सुरु भएको फिदिम नगरपालिकाको प्रथम अधिवेशनले आज विहान नयाँ नेतृत्व चयन गरेसँगै माओवादी केन्द्रले जिल्लाका आठ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न गरेको हो । सबै स्थानमा माओवादीले सर्वसम्मत नेतृत्व चयन गरेको छ । फिदिम नगरपालिकाको अधिवेशनबाट देवी थापा मगरको अध्यक्षतामा ४१ सदस्यीय नगरपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा दीपक दुलाल, दिलकुमार नेम्वाङ र सन्तबहादुर राई, सचिवमा तेजबहादुर तामाङ, सहसचिवमा मनकुमार राई र कोषाध्यक्षमा बिपन तुम्रोक निर्वाचित हुनुभएको छ ।

मिक्लाजुङ गाउँपालिकामा माओवादी केन्द्रले निरानन्द घिमिरेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्ष अबिसन लावती र अमरराज माखिम, सचिवमा कुशल राई, सहसचिवमा माया तामाङ र कोषाध्यक्षमा रोहित राई निर्वाचित भएका हुनुभएको छ । यस्तै फाल्गुनन्द गाउँपालिकामा इन्द्रकुमार नेम्वाङको अध्यक्षतामा माओवादीले ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा मचिन्द्र आङदेम्बे र धनकुमार तामाङ, सचिवमा सागर नेम्वाङ, सहसचिवमा पञ्चबहादुर चेम्जोङ तथा कोषाध्यक्षमा टीकामाया नेम्वाङ निर्वाचित भएको सो पार्टीका नेता ठाकुरसिंह नेम्वाङले जानकारी दिनुभयो ।

यस्तै तुम्बेवा गाउँपालिकामा माओवादी केन्द्रले खड्ग सम्बाहाम्फेको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा टंकबहादुर शेर्मा, शहरसिंह तामाङ र सुस्मा आङदेम्बे तथा सचिवमा ख्यामबहादुर निरौला रहनुभएको छ । कुम्मायक गाउँपालिकामा उक्त पार्टीले महेन्द्रबहादुर खड्काको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा सोमबहादुर तामाङ, गीता खड्का र डुकेन्द्र चेम्जोङ, सचिवमा प्रविण निरौला, सहसचिवमा महेन्द्रसुन्दर कार्की र कोषाध्यक्षमा प्रविन चापागाईं चयन हुनुभएको छ ।

फालेलुङ विद्धिमान सावदेनको अध्यक्षतामा माओवादी केन्द्रको ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ । उक्त कमिटीको उपाध्यक्षमा तिलबहादुर खत्री, रामप्रकाश राई र पदम केरुङ, सचिवमा सुरेन्द्र अधिकारी र कोषाध्यक्षमा रिजा जबेगू चयन हुनुभएको छ । याङवरक गाउँपालिकामा माओवादी केन्द्रले अर्जुन बेघाको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ । उक्त कमिटीका उपाध्यक्षमा महेन्द्र योङया, इन्दिरा पोखरेल र तेजेन्द्र राई, सचिवमा सूर्य बेघा, सहसचिवमा तेजकुमार बेघा र कोषाध्यक्ष शान्ति लिम्बू रहनुभएको छ ।

यस्तै हिलिहाङमा उक्त पार्टीले टेकबहादुर सुहाङको अध्यक्षतामा ५५ सदस्यीय गाउँपालिका कमिटी चयन गरेको छ । उक्त कमिटीको उपाध्यक्षमा राजन खतिवडा, मनकुमार राई र तिलराज लावती, सचिवमा कमलराज संग्रौला, सहसचिवमा विनोद अधिकारी र कोषाध्यक्षमा हस्त ब. भट्टराई रहनुभएको छ । माओवादी केन्द्रको फिदिम नगरपालिका, तुम्बेवा र मिक्लाजुङ गाउँपालिका अधिवेशनको उक्त पार्टीका केन्द्रीय सदस्य समेत रहनुभएका प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्