लागूऔषध सहित चार जना पक्राउ



फिदिम, ११ मङ्सिर

प्रहरीले लागूऔषध सहित सुनसरीबाट चार जनालाई पक्राउ गरेको छ ।

प्रहरीले सुनसरीको इटहरी उपमहानगरपालिका–४ श्रमिक टोलबाट लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवन भरतपुर–१० घर भई सोही स्थानमा कोठा गरी बस्ने सञ्जय लामा रहेका छन् । हिजो बेलुका ६ बजे बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लामालाई कोठाबाट ब्राउन सुगर ९ ग्राम २० मिलीग्राम सहित पक्राउ गरेको थियो ।

यस्तै प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–१५ निराजनवस्तीबाट लागूऔषध तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही स्थानका दिपेश राई, विशाल राई र अमृत भन्ने लक्की गुरुङ रहेका छन् । हिजो राती ८ बजे अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट नाइट्रोजन ७० ट्याव्लेट, डाइजेल्याप ११ एम्पुल, लुप्रिजेशिक ११ एम्पुल, एभिल ११ एम्पुल र नगद रु. ३६ हजार ५०० सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्