यस्तो हुनेछ एमालेको नयाँ नेतृत्व संरचना



चितवन, ११ मङ्सिर ।

नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशन अन्तर्गत शनिबार सुरु बन्दसत्रले शुक्रबार चितवनको सौराहामा बसेको केन्द्रीय कमिटीको १५औँ बैठकले गरेको प्रस्ताव पारित गरेको छ ।

दशौँ महाधिवेशनकोे बन्दसत्रमा संगठन विभाग प्रमुख विष्णु पौडेलले प्रस्तुत गर्नु भएको प्रस्तावलाई बन्दसत्रले सर्वसम्मतिले पारित गरेको महाधिवेशन प्रचार कमिटीका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

बन्दसत्रले पारित गरेका यस्ता छन् प्रस्तावः
१. १९ पदाधिकारी सहित ३०१ सदस्यीय केन्द्रीय कमिटी रहने छ ।
२. कमिटीमा अध्यक्ष १, बरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जना रहने छन् ।
३. पार्टीको प्रदेश कमिटीका अध्यक्ष मताधिकार सहित पदेन केन्द्रीय सदस्य रहने छन् ।
४.पदाधिकारी सहित केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्यूरोे गठन गर्ने छ । विधानमा पोलिटब्यूरोको काम कर्तब्य र अधिकार पनि तोकिएको छ ।
५. केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोग र केन्द्रीय निर्वाचन आयोग अध्यक्ष, उपाध्यक्ष र सचिव सहित २५ सदस्यीय हुनेछन् ।
६. स्थायी कमिटीले आफनो कमिटीको कुल सदस्य संख्यामा नबढ्ने गरी केन्द्रीय सल्लाहकार परिषद गठन गर्न सक्ने छ । प्रदेश र जिल्ला कमिटीमा पनि सोही अनुरुप हुनेछन् ।
७. प्रदेश कमिटी र जिल्ला कमिटीको आधार संख्या ७५ सदस्यीय हुनेछ । बन्द सत्रले ३०१ सदस्यीय केन्द्रीय कमिटीलाई विभिन्न क्षेत्रबाट प्रतिनिधित्व हुने गरी संख्या विभाजन गरेको छ ।
जसअनुसार,
– प्रत्येक प्रदेशबाट ६ खुला ३ महिला गरी ९ जना सहित ७ वटा प्रदेशबाट ६३ सदस्य निर्वाचित हुने
– उपत्यका विशेष समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
– सम्पर्क समन्वयबाट १ खुला १ महिला गरी २ सदस्य निर्वाचित हुने
– आदिवासी जनजातिबाट १७ खुला र ८ महिला गरी २५ सदस्य निर्वाचित हुने
– तराई मधेशबाट १३ खुला र ६ महिला सहित १९ सदस्य निर्वाचित हुने
– दलित समुदायबाट ८ खुला ४ सहित १२ सदस्य निर्वाचित हुने
– थारु समुदायबाट ५ खुला २ महिला सहित ७ सदस्य निर्वाचित हुने
– मुस्लिम समुदायबाट ४ खुला १ महिला सहित ५सदस्य निर्वाचित हुने
– श्रमिक क्षेत्रबाट ४ खुला २ महिला सहित ६ सदस्य निर्वाचित हुने
– पिछडिएको क्षेत्रबाट ३ खुला १ महिला सहित ४ सदस्य निर्वाचित हुने
– खुला क्षेत्रबाट ८४ खुला ५३ महिला सहित १३७ सदस्य निर्वाचित हुने
– ८० केन्द्रीय आयोगहरुमा अध्यक्ष, उपाध्यक्ष र सचिव सहित १३ खुला र ९ महिला सहित २५ सदस्य सदस्य निर्वाचित हुने ।

एमाले महाधिवेशनको बन्द सत्रका अन्य कार्यक्रम भोलि विहान १० बाट शुरु हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्