ब्राउनसुगर सहित सात जना पक्राउ



झापा, १० मङ्सिर

प्रहरीले झापाको भद्रपुर नगरपालिका–७ बोक्तोवारी स्थितबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही स्थानका नारायण राजबंशी, प्रकाश राजबंशी, भद्रपुर नगरपालिकाकै संगमटोलका राहुल ठाकुर, भद्रपुरकै सोनु राजबंशी, बिर्तामोड नगरपालिका–८ सैनिकटोलका सुदीप श्रेष्ठ, बिर्तामोड–६ कसेनिटोलका प्रताप योञ्जन र अर्जुनधारा नगरपालिका–१ का राज श्रेष्ठ छन् । हिजो बेलुका ४ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट ब्राउन सुगर ४ ग्राम ६१० मिलिग्राम, नाइट्रोजन ट्याबलेट एक थान, तौल गर्ने डिजिटल तराजु थान १ सहित फेला पारेको थियो ।

यस्तै उनीहरुले प्रयोग गरेको मे ८ प ९७०१ र को ३८ प ९०२८ नम्बरको मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ परेकाउपर थप अनुसन्धान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्