जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु



झापा, १० मङ्सिर

झापाको भद्रपुर नगरपालिका–९ का ६० बर्षीय रामबहादुर बुर्जा मगरको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।

आज बिहान साढे ६ बजे मेचीनगर नगरपालिका–१४ शनिबारे स्थित टंक पौडेलको चिया बगानमा चिया टिप्ने क्रममा मगरलाई जंगली हात्तीले आक्रमण गर्दा उनको घटनास्थमानै मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट प्रहरी टोली घटनास्थल गएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्