यी हुन् पाँचथरबाट निर्वाचित काँग्रेसका २६ जना महाधिवेशन प्रतिनिधिहरु



पाँचथर, ८ मङ्सिर

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाँचथरबाट २६ जना महाधिवेशन प्रतिनिधिहरु निर्वाचित हुनुभएको छ ।

गएराती सम्पन्न मतगणनाबाट निवर्तमान जिल्ला कार्यसमिति सभापति नरेन्द्रकुमार केरुङ सहित जेष्ठ र युवा पुस्ताका गरी २६ जना महाधिवेशन प्रतिनिधि चुनिनुभएको हो । काँग्रेसका निर्वाचन अधिकृत मदन खड्काका अनुसार २४ जना महाधिवेशन प्रतिनिधि चुनावबाट र दुई जना निर्विरोध निर्वाचित हुनुभएको हो । जसअनुसार समावेशी आदिवासी जनजाति खुल्लातर्फ दुतबहादुर गुरुङ (डी.बी), हरिराज आङदेम्बे, बमप्रसाद लावती र ताराहाङ तावा निर्वाचित हुनुभएको छ । यस्तै समावेशी दलिततर्फ निरबहादुर विश्वकर्मा (विमल धमला) निर्वाचित हुनुभएको छ ।

यस्तै समावेशी खसआर्य महिलातर्फ कान्ता रिजाल र पुरुषतर्फ गोपालप्रसाद पोखरेल विजयी हुनुभएको छ । समावेशी आदिवासी जनजाति महिलातर्फ मधु जबेगू, देवित्राकुमारी आङदेम्बे र आशा आङदेम्बे विजयी हुनुभएको छ भने प्रत्यक्ष महिलातर्फ देशु सुहाङ (तेसमाया), २. जनिमाया थापा मगर (शेर्मा), कौशिला गुरुङ र गंगामाया थेगिम आङदेम्बे विजयी हुनुभएको हो ।

खुल्लातर्फ निवर्तमान जिल्ला सभापति नरेन्द्रकुमार केरुङ, निवर्तमान जिल्ला उपसभापति मित्रप्रसाद काफ्ले, फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्वाङ, तरुण दल पाँचथरका अध्यक्ष सुमन लामा, नेताहरु पूर्णकुमार तुम्बापो, चन्द्रसुन्दर खेवाङ, छबि बाँस्कोटा, वीरेन्द्रकुमार खड्का, केदारनाथ बाँस्कोटा र गंगाबहादुर आङदेम्बे निर्वाचनमार्फत महाधिवेशन प्रतिनिधि विजयी हुनुभएको छ । यस्तै समावेशी अपाङ्गतर्फ नवीन ढुङ्गेल र अल्पसङ्ख्यकतर्फ राजेश पौद्धार निर्विरोध निर्वाचित हुनुभएको हो ।

प्रतिक्रिया दिनुहोस्