ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु



पाँचथर, ८ मङ्सिर

पाँचथरको याङवरक गाउँपालिकामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गत चिवाभञ्ज्याङबाट च्याङथापूतर्फ आउँदै गरेको प्र १–०१–००१त९५६२ नम्बरको ट््याक्टर आज विहान ८ः३० बजे आफैँ अनियन्त्रित सडकबाट करीब १०० मिटर तल झरेको थयो । उक्त दुर्घटनामा ट्याक्टर चालक याङवरक गाउँपालिका वडा नं. २ का ३३ वर्षीय नवराज बेघाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनाको खवर प्राप्त भएपछि सीमा प्रहरी चौकी च्याङथापूबाट प्रहरी नायव निरीक्षक श्याम पौडेलको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगी कानूनी प्रकृया पूरा गरी शव शवपरीक्षणका लागि जिल्ला अस्पताल फिदिम ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । दुर्घटनाग्रस्त स्थान सीमा प्रहरी चौकी च्याङथापूबाट करीब २४ किलोमिटर पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्