कांग्रेस अधिवेशन

मतगणना नसकिँदै काँग्रेस सभापतिमा रुपनारायण जबेगू विजयी

नेपाली काँग्रेस पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी



फिदिम, ७ मङ्सिर

मतगणना नसकिँदै नेपाली काँग्रेस पाँचथरको सभापतिमा रुपनारायण जबेगू विजयी हुनुभएको छ ।

जिल्ला अधिवेशनमा १०७७ मत खसेको थियो । जसमध्ये ९७७ मत गणना हुँदा सभापति पदमा जबेगूले ५७४ मत प्राप्त गर्नुभएको छ, कूल मतदाताको बहुमत हो । जबेगूले ५७४ मत प्राप्त गर्दा अर्का उम्मेद्वार सुरेन्द्रकुमार दाहालले ३७७ मत पाउनुभएको छ । अब १०० मत गणना हुन बाँकी छ ।

उपसभापतिमा बृजहाङ आङ्देम्बेको अग्रता कायमै छ । उहाँले अहिलेसम्म ५६८ मत प्राप्त गर्नुभएको छ । दोश्रो स्थानमा ४१२ मत सहित डिकेन्द्रकुमार चेम्जोङ हुनुहुन्छ । उपसभापति पदमा मणिचन्द्र चेम्जोङले ३८५ मत र समर अधिकरीले ३९४ मत पाउनुभएको छ ।

यस्तै सचिव पदमा दीपक नेपाल ४६८ मत र डेकेन्द्रकुमार तामाङ ४३४ मत सहित अग्रस्थानमा हुनुहुन्छ । सचिव पदमा धनराज तुम्बापो ३६४ मत र सुबराज थापा ३३३ मत सहित प्रतिस्पर्धामा हुनुहुन्छ भने सचिव पदमै एकराज नेम्बाङले हालसम्म १४४ मत पाउनुभएको छ ।

यस्तै सहसचिव पदमा सन्तोष श्रेष्ठ ५५६ मत र गजेन्द्र राई ४५२ मत सहित अग्रस्थानमा हुनुहुन्छ । सहसचिव पदमा कृष्णकुमार फियाक मत ३३० र धनसिङ नेम्बाङ ३८७ मत सहित प्रतिस्पर्धामा हुनुहुन्छ । मतगणना सम्पन्न हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस्