काँग्रेस अधिवेशन : ५०० मत गणना हुँदा जबेगू १०० भन्दा बढी मतले अगाडि



फिदिम, ७ मङ्सिर

कूल १०७७ मत खसेकामा ५०० मत गणना हुँदा नेपाली काँग्रेस पाँचथरको सभापतिमा रुपनारायण जबेगू १०० भन्दा बढी मतले अगाडि देखिनुभएको छ । ५०० मत गणना हुँदा जबेगूले २९७ मत र सुरेन्द्रकुमार दाहालले १८८ मत प्राप्त गर्नुभएको छ । ५०० मत गणना गर्दा अन्य पदाधिकारीको मत निम्नानुसार छः

उपसभापति (दुई जना निर्वाचित हुने) –
डिकेन्द्रकुमार चेम्जोङः १९७
मणिचन्द्र चेम्जोङः २०५
बृजहाङ आङदेम्बेः २७८
समर अधिकारीः २००

सचिव (दुई जना निर्वाचित हुने) –
एकराज नेम्वाङः ७६
डेकेन्द्रकुमार तामाङः २०५
दीपक नेपालः २५२
धनराज तुम्बापोः १८२
सुवराज थापाः १७०

सहसचिव (दुई जना निर्वाचित हुने) –
कृष्णकुमार फियाकः १७३
गजेन्द्र राईः २३९
धनसिंह नेम्वाङः १९७
सन्तोष श्रेष्ठः २६९

प्रतिक्रिया दिनुहोस्