काँग्रेस अधिवेशनः १०७७ मत खस्यो, मतगणना सुरु



पाँचथर, ६ मङ्सिर

नेपाली काँग्रेसको १४औं महाधिवेशनअन्तर्गत पाँचथरमा जिल्ला कार्यसमिति र केन्द्रीय महाधिवेशन प्रतिनिधि चयनका लागि मतदान सम्पन्न भएको छ ।

साँझ सम्पन्न मतदानमा कूल १०७७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काँग्रेसका क्षेत्रीय प्रतिनिधि, वडाका सभापति लगायत गरी कूल १०८९ मतदाता रहेकामा १२ जना अनुपस्थित भएका हुन् । मतदान सम्पन्न भएपछि अहिले ८ः३० बजेबाट जिल्ला समन्वय समितिको सभाहलमा मतगणना सुरु भएको छ ।

यसअघि घोषणा भएअनुसार नै जिल्ला कार्यसमितिका पदाधिकारी र सदस्य तथा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा दुई प्यानल चुनावी मैदानमा छन् । यी प्यानलभन्दा बाहिरबाट समेत केही उम्मेद्वारी परेका छन् । जिल्ला कार्यसमितिको सभापतिमा सुरेन्द्रकुमार दाहाल र रुपनारायण जबेगूको उम्मेद्वारी छ । दाहाल काँग्रेस पाँचथरका पूर्वसचिव र जबेगू बहालवाला सचिव हुनुहुन्छ । दुई जना रहने उपसभापतिमा डिकेन्द्रकुमार चेम्जोङ, मणिचन्द्र चेम्जोङ, बृजहाङ आङदेम्बे र समर अधिकारी उम्मेद्वार रहनुभएको छ ।

सचिवको उम्मेद्वारीमा भने लामो रस्साकस्सीपछि पाँच जनाको उम्मेद्वारी छ । दुई जना निर्वाचित हुने सचिव पदमा एकराज नेम्वाङ, डेकेन्द्रकुमार तामाङ, दीपक नेपाल, धनराज तुम्बापो र सुवराज थापा उम्मेद्वार हुनुहुन्छ । यसअघि सचिव पदका प्रवल दाबेदार मानिएका हालका सहसचिव बालकृष्ण ओझाले उम्मेद्वारी दिनुभएको छैन् भने सचिव पदका आकाङ्क्षी सन्तोष श्रेष्ठ सहसचिव पदको उम्मेद्वार बन्नुभएको छ । दुई जना निर्वाचित हुने सहसचिव पदमा श्रेष्ठ सहित कृष्णकुमार फियाक, गजेन्द्र राई र धनसिंह नेम्वाङ उम्मेद्वार बन्नुभएको छ ।

एक जना खसआर्य खुल्ला जिल्ला कार्यसमिति सदस्यमा गणेशप्रसाद पोखरेल र सुरेन्द्रप्रसाद पौडेल उम्मेद्वार बन्नुभएको छ । यस्तै चार जना आदिवासी जनजाति खुल्ला जिल्ला कार्यसमिति सदस्यमा देउकुमार योङहाङ, धनकुमार लाओती, नरेश मेयोङ्बा, बलबहादुर तामाङ, महेन्द्रकुमार राई, शशीराज आङदेम्बे, बिजयहाङ आङदेम्बे र सूर्यप्रसाद लावती उम्मेद्वारी परेको छ ।

फिदिम नगरपालिकाबाट एक जना महिला जिल्ला कार्यसमिति सदस्यमा दिक्षा ढकाल र विमला हाङसरुम्बा उम्मेद्वार रहनुभएको छ भने तीन जना पुरुष सदस्यमा चन्द्रबहादुर नेम्वाङ, रमेशभगत प्रधानाङ्ग, राजकुमार नेम्वाङ र लालबहादुर न्यौपाने उम्मेद्वार हुनुहुन्छ ।

यस्तै याङवरक गाउँपालिकाबाट महिला सदस्यमा दिला खेवाङ र सुनकुमारी बेघा तथा पुरुष सदस्यमा महेन्द्र सेलिङ र हरिप्रसाद अधिकारी उम्मेद्वार हुनुहुन्छ ।

फाल्गुनन्द गाउँपालिकामा पुरुष सदस्यमा मात्रै प्रतिस्पर्धा हुँदैछ । उक्त पदका लागि चन्द्रकुमार आङदेम्बे र भुपेन्द्र सुब्बा आङदेम्बे चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै मिक्लाजुङ गाउँपालिकाको पुरुष सदस्य पदमा खड्गप्रसाद रेग्मी र वीरेन्द्रकुमार शेर्मावीच प्रतिस्पर्धा हुँदैछ ।

तुम्बेवा गाउँपालिकाबाट महिला सदस्यमा लिला राई र संगीता भण्डारीवीच तथा पुरुष सदस्यमा डिलेन्द्रकुमार शेर्मा र रबिबहादुर राईवीच प्रतिस्पर्धा हुँदैछ । कुम्मायक गाउँपालिकाबाट महिला सदस्यमा टीका भण्डारी र मनकुमारी शेर्मा तथा पुरुष सदस्यमा गोविन्दबहादुर फुयाँल र टंकबहादुर पौडेलवीच प्रतिस्पर्धा हुँदैछ ।

एक जना खसआर्य महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कान्ता रिजाल र शान्ता बाँस्कोटा उम्मेद्वार हुनुहुन्छ भने एक जना खसआर्य पुरुष केन्द्रीय महाधिवेशन प्रतिनिधिमा गोपालप्रसाद पोखरेल र राजेन्द्रप्रसाद तिमल्सेना उम्मेद्वार हुनुहुन्छ । तीन जना समावेशी आदिवासी जनजाति महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा आशा आङदेम्बे, गौमाया लिम्बू, ताराकुमारी योङहाङ, देवित्राकुमारी आङदेम्बे र मधु जबेगू उम्मेद्वार रहनुभएको छ ।

यस्तै चार जना समावेशी आदिवासी जनजाति केन्द्रीय महाधिवेशन प्रतिनिधिमा खगेन्द्रप्रकाश जबेगू, खड्गसुन्दर लावती, गोविन्दराज कुरुङबाङ, दुतबहादुर गुरुङ, ताराहाङ तावा, बमप्रसाद लावती, राजभक्त योङ्या (मिधुङ), सुरेन्द्रराज आङदेम्बे र हरिराज आङदेम्बे उम्मेद्वार हुनुहुन्छ । यस्तै एक जना दलित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा लक्ष्मीप्रसाद विश्वकर्मा र विमल धमला उम्मेद्वार बन्नुभएको छ ।

चार जना प्रत्यक्ष महिला केन्द्रीय महाधिवेशन प्रतिनिधिमा कौशिला गुरुङ, कृष्णमाया नेउपाने (बुढाथोकी), गंगामाया थेगिम आङदेम्बे, जनी माया थापा मगर, देशु सुहाङ (देशमाया) र सीतादेवी खतिवडा (अधिकारी) उम्मेद्वार छन् ।

यस्तै १० जना प्रत्यक्ष खुल्ला महाधिवेशन प्रतिनिधिमा अम्बिकाप्रसाद न्यौपाने, ओनाहाङ नेम्वाङ, केदारनाथ बाँस्कोटा, गंगाबहादुर आङदेम्बे, चन्द्रसुन्दर खेवाङ, छबि बाँस्कोटा, जयकुमार ढकाल, जयप्रसाद रिजाल, देवीचन्द्र पोर्तेल, धर्मेन्द्र नेम्वाङ, नरेन्द्रकुमार केरुङ, निर्मल रिजाल, पूर्णकुमार तुम्बापो, मित्रप्रसाद काफ्ले, लक्ष्मीप्रसाद तावा, वीरेन्द्रकुमार खड्का, सुमन लामा, सूर्यकुमार दाहाल, सुरेन्द्रकुमार तिमल्सेना र होमनाथ थापा उम्मेद्वार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्