काँग्रेस प्रदेशसभा क्षेत्र नं. ख को सभापतिमा श्रेष्ठ विजयी



पाँचथर, ५ मंसिर

नेपाली काँग्रेस पाँचथर प्रदेशसभा क्षेत्र नं. ख को सभापतिमा मैया श्रेष्ठ लावती विजयी हुनुभएको छ ।

अहिले सम्पन्न भएको मतगणनाअनुसार श्रेष्ठले २७३ मत प्राप्त गर्दै विजय हाँसिल गर्नुभएको हो । उहाँका प्रतिद्वन्द्वी नगेन्द्रकुमार लामाले २०९ मत प्राप्त गर्नुभएको छ । श्रेष्ठ जिल्ला सभापतिका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल पक्षधर हुनुहुन्छ भने लामा जिल्ला सभापतिका अर्का उम्मेद्वार रुपनारायण जबेगू पक्षधर हुनुहुन्छ ।

उपसभापति पदमा श्रेष्ठको प्यानलका तेज बहादुर चेम्जोङ २९१ मत र लामा प्यानलका जितबहादुर भण्डारी २७४ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उपसभापति पदमा गणेश मिश्रले ११२ मत र महेन्द्रकुमार आङ्देम्बेले १८६ मत पाउनुभएको छ ।

प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सचिवमा भने भरत तुम्बापो र भक्त लावती सर्वसम्मत हुनुभएको छ ।

यस्तै दुई जना सहसचिवमा ज्योती प्रभा भण्डारी २७२ र नरेन्द्र शेर्माले २४२ मत सहित विजयी हुनुभएको छ । सहसचिव पदमा गोपाल घिमिरेले १८० मत र भीम प्रसाद हुँमागार्ईले १४५ प्राप्त गर्नुभएको छ ।

पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख मा काँग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रकृयामा भाग लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्