
पाँचथर, ५ मंसिर
नेपाली काँग्रेस पाँचथर प्रदेशसभा क्षेत्र नं. ख को निर्वाचनको मतगणना जारी छ ।
मतगणनाका परिणामअनुसार क्षेत्रीय सभापतिमा मैया श्रेष्ठ (लावती)ले फराकिलो अग्रता कायम गर्नुभएको छ । हालसम्म ४०० मत गणना गरिएकामा श्रेष्ठले २३३ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रतिस्पर्धी नगेन्द्रकुमार लामाले १५९ मत पाउनुभएको छ । श्रेष्ठ जिल्ला कार्यसमितिको सभापतिका उम्मेद्वार सुरेन्द्रकुमार दाहाल पक्षधर हुनुहुन्छ भने लामा अर्का उम्मेद्वार रुपनारायण जबेगू पक्षधर हुनुहुन्छ ।
यस्तै दुई जना उपसभापति तेज बहादुर चेम्जोङ २४० मत र जित बहादुर भण्डारी २१३ मत सहित अगाडि हुनुहुन्छ । उपसभापति गणेश मिश्रले ९८ मत र महेन्द्र कुमार आङ्देम्बेले १४३ मत पाउनु भएको छ ।
यस्तै दुई जना सहसचिवमा ज्योति प्रभा भण्डारीले २२७ मत र नरेन्द्र शेर्माले १८९ मत सहित अग्रता लिनुभएको छ । सहसचिव पदमा गोपाल घिमिरेले १५५ मत र भीम प्रसाद हुँमागार्ईले ११२ प्राप्त गर्नुभएको छ । यहाँ मतगणना अन्तिम चरणमा पुगेको छ ।
पाँचथर प्रदेशसभा निर्वाचन क्षेत्र नं. ख मा काँग्रेसको क्षेत्रीय कार्यसमिति, जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधि चयनका लागि वडा कार्यसमितिका सभापति र क्षेत्रीय प्रतिनिधि गरी ५०५ प्रतिनिधि रहेकामा ४९७ जनाले मतदान प्रकृयामा भाग लिएका छन् ।