मिक्लाजुङमा फणिन्द्र घिमिरेको अध्यक्षतामा एमालेको गाउँपालिका कमिटी निर्वाचित



फिदिम, २६ कात्तिक ।

नेकपा (एमाले)को पाँचथरको मिक्लाजुङ गाउँपालिकामा फणिन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा ४८ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित भएको छ ।

हिँजो सुरुआत भएको प्रथम गाउँपालिका अधिवेशनको गएराती सम्पन्न बन्द सत्रबाट मिक्लाजुङ–६ का वडाध्यक्ष घिमिरेको अध्यक्षतामा सहमतिमा नयाँ कमिटी निर्वाचित भएको हो । नवनिर्वाचित कमिटीको उपाध्यक्षमा सन्दीप राई, सचिवमा दिनेश खनाल र उपसचिवद्वयमा नरेन्द्र फियाक र मणि थेगिम निर्वाचित भएका छन् ।

एमाले केन्द्रीय सदस्य एवं पाँचथर जिल्ला सहइन्चार्ज अइन्द्रसुन्दर नेम्वाङको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना भएको थियो । नवनिर्वाचित कमिटीका पदाधिकारीहरुलाई नेम्वाङले सपथ ग्रहण गराउनुभएको छ । कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य नरेन्द्र बस्नेत, जिल्ला कमिटीका सचिव धनकुमार फियाक, राष्ट्रिय युवा संघका केन्द्रीय सचिव रामकाजी बान्तवा, गाउँपालिका उपाध्यक्ष उर्मिला राई लगायतको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्