फाल्गुनन्दमा विनोद आङदेम्बेको अध्यक्षतामा एमालेको गाउँपालिका कमिटी निर्वाचित



फिदिम, २४ कात्तिक ।

नेकपा (एमाले)ले पाँचथरको फाल्गुनन्द गाउँपालिकामा विनोद आङदेम्बेको अध्यक्षतामा ६१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ ।

हिँजो सुरु भएको गाउँपालिका कमिटीको प्रथम अधिवेशनले आङदेम्बे अध्यक्ष, पूर्ण नेम्वाङ उपाध्यक्ष, सन्दीप विक्रम नेम्वाङ सचिव र विकास चेम्जोङ उपसचिव रहेको कमिटी निर्वाचित गरेको हो । एक उपसचिव पद खाली राखिएको छ । उक्त पदमा महिलालाई निर्वाचित गर्ने उद्देश्यसहित खाली राखिएको र गाउँपालिका कमिटीको बैठकले पदपूर्ति गर्ने नवनिर्वाचित अध्यक्ष आङदेम्बेले वताउनुभयो ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य, पाँचथर जिल्लाका सहइन्चार्ज एवं संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले नवनिर्वाचित कमिटीलाई बधाई ज्ञापन गर्दै पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो । अधिवेशनमा एमाले प्रदेश कमिटीका सदस्यद्वय अमर राई र करुणा राई नेम्वाङ, फाल्गुनन्द गाउँपालिका अध्यक्ष एवं एमाले गाउँपालिका कमिटीका इन्चार्ज वीरबहादुर कुरुम्बाङ लगायत नेताहरुको सहभागिता थियो ।

फाल्गुनन्दमा एमालेले युवाहरुलाई नेतृत्वमा पु¥याएको छ । अध्यक्ष चुनिएका आङदेम्बे राष्ट्रिय युवा संघका स्थायी कमिटी सदस्य तथा सचिव चुनिएका नेम्वाङ राष्ट्रिय युवा संघ पाँचथरका सहसचिव हुन् । अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले फाल्गुनन्दका निवर्तमान अध्यक्ष देउप्रकाश आङ्देम्बेको अध्यक्षता तथा केन्द्रीय सदस्य नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्