एमाले फालेलुङको प्रथम अधिवेशनः आङथुपोको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित



फिदिम, २४ कात्तिक ।

नेकपा (एमाले) फालेलुङ गाउँपालिका कमिटी पाँचथरको प्रथम अधिवेशन नन्दकुमार आङथुपोको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै हिँजो राती सम्पन्न भएको छ ।

एमाले प्रदेश कमिटी सदस्य एवं पूर्वमन्त्री श्रीप्रसाद जवेगूको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनबाट गाउँपालिका कमिटीको उपाध्यक्षमा हरि चौहान, सचिवमा पुष्प तिम्सिना, उपसचिवद्वयमा पनिता राई र मानबहादुर खड्कालाई निर्वाचित गरेको हो । उक्त कमिटी ५१ सदस्यीय रहेको छ ।

अधिवेशनमा एमाले पाँचथरका उपसचिव नरबहादुर गुरुङ, जिल्ला सचिवालय सदस्यद्वय जेपी केरुङ, विलास योङ्या लगायतको समेत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्