हिलिहाङमा गौतमको अध्यक्षतामा एमालेको ५१ सदस्यीय कमिटी निर्वाचित



फिदिम, २३ कात्तिक

नेकपा (एमाले)ले पाँचथरको हिलिहाङ गाउँपालिकामा मदन गौतमको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी सर्वसम्मत निर्वाचित गरेको छ ।

अहिले साँझ सम्पन्न भएको बन्द सत्रबाट गौतम अध्यक्ष, दीपक सुहाङ उपाध्यक्ष, भीम हेम्ब्या सचिव, शिव दंगाल र वीरेन्द्र मंग्राती उपसचिव रहेको गाउँपालिका कमिटी निर्वाचित गरेको हो । अधिवेशन आजै सुरुआत भएको थियो । साँझ नयाँ गाउँपालिका कमिटी चयन गर्दै बन्द सत्र सम्पन्न भएको हो ।

अध्यक्षमा निर्वाचित गौतम हिलिहाङ गाउँपालिका वडा नंं. ३ तथा सचिवमा निर्वाचित हेम्ब्या वडा नं. २ का वडाध्यक्ष हुन् । एमाले पाँचथरका अध्यक्ष राजकुमार भण्डारीको प्रमुख आतिथ्यतामा अधिवेशन आयोजना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्