एमाले तुम्बेवाको प्रथम अधिवेशन सम्पन्नः अध्यक्षमा बुढाथोकी, सचिवमा थापा



फिदिम, २३ कात्तिक

नेकपा (एमाले)ले तुम्बेवा गाउँपालिका कमिटीको पहिलो अधिवेशनले डिल्लीराम बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको छ ।

अहिले साँझ सम्पन्न अधिवेशनबाट गाउँपालिका कमिटीको उपाध्यक्षमा तेजचन्द्र सम्बाहाम्फे, सचिवमा कमल थापा र उपसचिवद्वयमा इन्द्रकुमार कुरुम्बाङ र गणेश सम्बाहाम्फे निर्वाचित भएका हुन् । तुम्बेवाको प्रथम अधिवेशनले एमालेको ५१ सदस्यीय गाउँपालिका कमिटी निर्वाचित गरेको कार्यक्रममा सहभागी राष्ट्रिय युवा संघका केन्द्रीय सचिवालय सदस्य गणेश योङहाङले जानकारी दिनुभयो ।

नवनिर्वाचित कमिटीलाई एमाले प्रदेश कमिटीका सदस्य समेत रहनुभएका पूर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ । नेम्वाङको प्रमुख आतिथ्यतामा आयोजित अधिवेशनको उद्घाटन कार्यक्रममा एमाले पाँचथरका सचिव धनकुमार फियाक, तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापा, उपाध्यक्ष धनप्रसाद साँवा लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्