लागूऔषध सहित चार जना पक्राउ



फिदिम । झापा र मोरङका विभिन्न स्थानमा लागूऔषध सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङ बिराटनगर महानगरपालिका–१४ जतुवा चोक स्थितबाठ लागूऔषध सहित मोरङको पथरी नगरपालिका–९ का आशिष महतो पक्राउ परेका छन् । हिजो दिउसो साढे २ बजे सीआरभी पोष्ट जतुवाबाट खटिएको प्रहरी टोलीले उनलाई लुपिजेसिक–१७ एम्पुल, फेनारगन–१७ एम्पुल, डाइजाल्याब–१७ एम्पुल सहित पक्राउ गरेको हो ।

यस्तै झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे चौकबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–२ का युरास इंवा, याङवरक गाउँपालिका–२ बेतेनी घर भई अर्जुनधारा नगरपालिका–११ झापामा बस्ने उमेश विक र इलाम रोङ गाऊपालिका–२ कुटिडाँडाका सुलभ गुरुङ रहेका छन् । हिजो बेलुका साढे ७ बजे इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ब्राउन सुगर १० ग्राम २० मिलिग्राम र गाँजा ११ ग्राम ५० मिलिग्राम सहित पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्