सिंहदरबारभित्र गोली चलेपछि …



फिदिम । मुलुकको प्रमुख प्रशासनिक स्थान सिंहदरबार भित्र गोली चलेको छ।

बुधबार साँझ ५ बजेतिर राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालकी अंगरक्षकको पेस्तोलबाट गोली चलेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। असई अनुपमा भारतीले बोकेको पेस्तोलबाट गोली चलेको हो।

“मिस्टेकले गोली चलेको हो। उपाध्यक्षज्यूको अंगरक्षकको पेस्तोल झरेपछि गोली चलेको हो”, उनले भने। गोली कसैलाई नलागेको उनले बताए। अहिले प्रहरीले त्यहाँ मुचुल्का उठाउने काम गरिरहेको छ। (सेतोपाटीबाट)

प्रतिक्रिया दिनुहोस्