अपडेटः बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु



पाँचथर, ८ कात्तिक

पाँचथरको फिदिम नगरपालिका ४ सरखण्डेमा भएको बस दुर्घटनामा घाइते भएका दुई जनाको मृत्यु भएको छ ।

उपचारका लागि समर्पित अस्पतालमा पुर्याइएका एक बालक र एक महिलाको मृत्यु भएको हो । उनीको सनाखत भने भएको छैन् । चिकित्सकले उनीहरुलाई भर्खरै मृत घोषित गरेको उक्त अस्पतालका जनसम्पर्क अधिकृत गणेश रिजालले जानकारी दिनुभयो । दुर्घटनामा अन्य ६२ जना घाइते छन् । घाइतेमध्ये १५ जना बालबालिका छन् ।

घाइतेमध्ये जिल्ला अस्पतालमा उपचाररत ४ जनालाई झापा रेफर गरिएको जिल्ला अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिनुभयो । जिल्ला अस्पताल सहित समर्पित र पाथीभरा अस्पतालमा उपचाररत थप १० जनालाई थप उपचारका लागि रेफर गर्ने तयारी गरिएको छ । घाइतेमध्ये समर्पित अस्पालतमा उपचाररत तीन जना सामान्य उपचारपछि घर फर्केका छन् ।

पाँचथरको फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ शान्तिपुर (सरखण्ड)मा दिउँसो करीब ११ः३० बजे सडकबाट झरेर दुर्घटनामा भएको थियो । अर्को सवारीको साधनलाई उचिन्ने क्रममा सडकको डिलबाट बस अगाडि बढ्दा सडकबाट करीब २० मिटर तल झरेको हो । दुर्घटनामा बसमा सवार सबै यात्रुहरु घाइते भएका थिए ।
रवीन्द्र काफ्लेबाट ।

प्रतिक्रिया दिनुहोस्