दुई जना गर्भवतीको हेलिकप्टरमार्फत उद्धार



फिदिम, ६ कात्तिक

यहाँका दुई जना गर्भवती महिलालाई हेलिकप्टरमार्फत उद्धार गरी सुत्केरी गराउन अस्पताल पु¥याइएको छ ।

वर्षाका कारण बाढी र पहिरोले सडक क्षतिग्रस्त बनेपछि अस्पताल जान नसकेका पाँचथरको तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाका गर्भवती महिलाहरुलाई हेलिकप्टरमार्फत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइएको हो । तुम्बेवा गाउँपालिका–४ ओलनेकी संगीता बराइली र मिक्लाजुङ गाउँपालिका–४ रबीकी सगुन राईलाई आज नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी धरान पठाइएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

शल्यक्रियामार्फत प्रसुती गराउनुपर्ने अवस्थाका उनीहरु सुत्केरी ब्यथाले च्यापेर स्थानीय स्वास्थ्य संस्थामा पुगेका थिए । तर स्वास्थ्यकर्मीले प्रसुती गराउन नसकेपछि सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएका थिए । तुम्बेवा र मिक्लाजुङ गाउँपालिकाको आग्रहपछि जिल्ला प्रशासन कार्यालयको पहलमा आज दिउँसो हेलिकप्टरले उनीहरुको उद्धार गरेको हो । बाढी र पहिरोका कारण क्षतिग्रस्त बनेको मेची राजमार्ग सुचारु भएपनि ग्रामीण क्षेत्रहरु जोड्ने सडकहरुमा सवारीका साधन सञ्चालन हुन नसक्दा गर्भवती महिला तथा अस्पताल पुग्नेपर्ने गम्भीर विरामीहरु मारमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्