तहस–नहस भयो पाँचथर अस्पताल (फोटो फिचर)



फिदिम । बालिकाको मृत्यु प्रकरणमा उत्तेजित भीडले पाँचथर जिल्ला अस्पतालमा गरेको आगजनीबाट अस्पताल तहसनहस भएको छ । अस्पतालका प्रायः बाहिरी संरचना क्षतिग्रस्त बनेका छन् ।

कोभिड–१९ का सङ्क्रमितको उपचार, प्रसुती सेवा, २४सै घण्टा आकस्मिक सहितका सेवा दिएर पाँचथर सहित छिमेकी जिल्लावासीको उपचारमा अतुलनीय योगदान गरेको जिल्ला अस्पताल गएराती भएको तोडफोडबाट कुरुप बनेको छ ।

सुरक्षाकर्मीले पहरा दिएर अस्पतालको सुरक्षा गर्नु परेको छ । गएरातीको ढुङ्गामुढा, तोडफोड र उत्तेजक नाराबाजीपछि स्वास्थ्यकर्मीहरुले सहज रुपमा उपचार सेवा दिन सक्ने अवस्था छैन् । अन्य विरामीहरुले उपचार गराउन पाएका छैनन् भने अस्पताल भित्रका विरामीहरु स्वास्थ्यकर्मीहरुसँगै तनाबका साथ बस्न बाध्य छन् ।

प्रतिक्रिया दिनुहोस्