संयमता अपनाउन प्रशासनको अपील



फिदिम, २० जेठ ।

उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनामा जिल्ला अस्पतालमा ढुङ्गा मुढा, तोडफोड भएपछि प्रशासनले संयमता अनपनाउन आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकाल, प्रहरी नायव उपरीक्षक दानबहादुर थापा, सशस्त्र प्रहरी नायव उपरीक्षक किशोरकुमार श्रेष्ठ र प्रमुख अनुसन्धान अधिकृत रमेश अधिकारीले अहिले राती विज्ञप्ति जारी गर्दै बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा पीडित पक्षसँग छलफल भइरहेको जनाएका छन् ।

सुरक्षा निकायले अस्पताल जस्तो ठाउँमा उच्छृङ्ल कृयाकलाप गरी स्वास्थ्यकर्मी, कर्मचारी प्रशासन र सार्वजनिक सम्पत्तिमाथि नोक्सानी नपु¥याउन आग्रह गरेका हो । तोडफोड र ढुङ्गामुढा हान्ने कार्यमा कार्यमा सम्लग्नलाई कानूनी दायरामा ल्याइने सुरक्षा निकायले विज्ञप्तिमा जनाएका छन् ।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ बस्ने कमल थाम्सुहाङकी साढे तीन वर्षीया छोरी कृष्टिनाको आज विहान मृत्यु भएपछि जिल्ला अस्पताल तनाबग्रस्त बनेको हो । साँझ अस्पतालमा ढुङ्गामुढा हुँदा अस्पतालमा ठूलो क्षति पुगेको छ । मृतक बालिकाको शव अहिलेसम्म अस्पतालको बेडमै छ ।

प्रतिक्रिया दिनुहोस्