प्रहरी निरीक्षक विश्वकर्मालाई उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार



फिदिम, २० असोज

जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी निरीक्षक डम्बर विश्वकर्मा उत्कृष्ट प्रहरी अनुसन्धानकर्ता पुरस्कारबाट पुरस्कृत हुनुभएको छ ।

प्रहरी दिवस २०७८ को अबसरमा प्रहरी प्रधान कार्यालयले प्रहरी निरीक्षक विश्वकर्मालाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । जिल्लामा भएका अपराधका घटनाहरुको अनुसन्धानमा ब्यवसायिक क्षमता प्रदर्शन गरी अपराध अनुसन्धानका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै प्रहरी प्रधान कार्यालयले विश्वकर्मालाई पुरस्कृत गरेको हो ।

प्रहरी दिवसका अवसरमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रहरी निरीक्षक विश्वकर्मालाई सम्मान पत्रसहित पुरस्कृत गर्नुभएको हो । प्रहरी निरीक्षक विश्वकर्मा डेढ वर्ष अघिबाट जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्