जिल्ला अस्पताल झनै तनाबग्रस्त, ढुङ्गामुढा र लाठिचार्ज



फिदिम, २० असोज ।

उपचारका क्रममा बालिकाको मृत्यु भएको घटनाले जिल्ला अस्पताल झनै तनाबग्रस्त भएको छ ।

स्वास्थ्यकर्मीको लापरवाहीका कारण बालिकाको मृत्यु भएको भन्दै आक्रोशित बनेको भीडले अस्पतालमा ढुङ्गामुढा गरेको छ । स्वास्थ्यकर्मीकै कारण बालिकाको अनाहकमा ज्यान गएको वताउँदै मृतकका पीडित पक्षले साँझ अस्पतालमा ढुङ्गा मुढा गरेको हो । ढुङ्गा मुढा प्रहारबाट जिल्ला अस्पतालमा क्षति पुगेको छ । समयमा निकास नकिस्कँदा अस्पताल रणभूमि बनेको छ ।

ढुङ्गामुढाबाट जोगाउन प्रहरीले अस्पताल क्षेत्रमा लाठिचार्ज गरेको छ । अस्पताल क्षेत्रमा निकै ठूलो भीड लागेको छ । समस्या समाधानका लागि विहानदेखि नै निरन्तर सम्वाद हुँदै आएको भएपनि निश्कर्षमा पुग्न सकेको छैन् ।

उपचारका क्रममा पाँचथरको फालेलुङ गाउँपालिका–८ घर भई फिदिम–२ पल्लोटार बस्दै आएका कमल थाम्सुहाङकी तीन वर्षीया छोरी कृष्टिनाको आज आकस्मिक मृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

प्रतिक्रिया दिनुहोस्