११ लाख भारतीय नोटसहित इलामबाट एक पक्राउ



इलाम । इलाम सूर्योदय नगरपालिका–६ हर्कटेबाट ११ लाख भारतीय नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सूर्योदय नगरपालिका–१० फिक्कल का ३५ वर्षीय अनुप अग्रवाल छन्। आइतबार अपरान्ह चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवाल सवार गरेको मे१च ६४२४ कारबाट स्रोत नखुलेको उक्त रकम बरामद गरेको हो।

कालो ब्यागमा २ हजार, ५ सय, २ सय र १ सयको नोट गरी जम्मा ११ लाख भारु फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। पक्राउ परेका अग्रवालाई कानुनी कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्