ट्रकको ठक्करबाट एक जनाको मृत्यु



फिदिम, १३ असोज । मेची राजमार्गअन्तर्गत इलामको इलाम नगरपालिका–१ नेपालटार ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

गए हिजो राती पौने १० बजे दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ना ५ ख ४९८७ नम्बरको ट्रकका चालक तथा सहचालकले खाना खानका लागि रोकिराखेको अर्को ट्रकको सहचालकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा ताप्लेजुङको खुम्बेदिनका २३ बर्षीय राजेश नेपाल रहेका छन् ।

नेपाललाई बाटो पार गर्ने क्रममा ट्रकले ठक्कर दिँदा घटनास्थलमानै मृत्यु भएको थियो । ट्रक र चालक पाँचथरका ३४ बर्षीय सुकमान राईलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्