ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु



ताप्लेजुङ, ११ असोज ।

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–४ तेल्लोकमा ट्याक्टरको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४५ बर्षीय इन्द्र भट्टराई छन् । हिजो बेलुका ७ बजे मे १ त ६३९९० नम्बरको ट्याक्टरले पदैल यात्री भट्टराईलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक सन्जराज लिम्बूलाई इलाका प्रहरी कार्यालय तेल्लोकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्