भरतमणी पौडेल बने कमेडी च्याम्पियन सिजन–२ को विजेता



फिदिम । कमेडी च्याम्पियन सिजन–२ को विजेता भरतमणी पौडेल बन्न सफल भएका छन् ।

शनिबार राति सम्पन्न ग्राण्ड फिनालेमा सबैभन्दा बढी भोट पाएको आधारमा उनलाई विजेता घोषित गरिएको हो । भरतमणीले डाट्सनको कार र नगद २५ लाख रुपैयाँ प्राप्त गरे ।

यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए । उनले टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे । यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे ।

भरतमणीले पूर्व युवराज पारस शाहको गेटअपमा दिएको प्रस्तुतिले निकै चर्चा कमाएको थियो । सोही प्रस्तुतिका करण भरतमणी ‘पफर्मर अफ द राउण्ड’ मार्फत फाइनलमा पुगेका थिए ।

भरतमणी ताप्लेजुङका हुन् भने सन्तोष गोर्खाबाट र विक्की भने सिक्किमबाट सहभागी भएका थिए । ग्राण्ड फिनालेमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको सहभागिता रहेको थियो भने हरिवंशले विजेताको घोषणा गरे भने सेकेण्ड रनरअपको घोषणा मदनकृष्णले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्