आठ दिनपछि भेटियो खोलाले बगाएर वेपत्ता बालिकाको शव



फिदिम, २९ भदौ

हेंवा खोलाले बगाई आठ दिनदेखि वेपत्ता बालिकाको शव आज फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार गत भदौ २१ गते फिदिम नगरपालिका–४ हेंवा खोलामा नुहाउने क्रममा खोलाले बगाई वेपत्ता भएकी जिल्लाको हिलिहाङ गाउँपालिका–७ सल्लेरीका गजेन्द्र योङ्याकी चार वर्षीया छोरी आँचलको शव आज फेला परेको हो ।

बालिका वेपत्ता भएको स्थानबाट करीब १०० मिटर तल पुलको मुनि चेपमा बालिकको शव रहेको स्थानीयवासीले खवर गरेपछि प्रहरी टोली पुगेको थियो । शव फेला परेपछि कानूनी प्रकृया पूरा गरी शव परीक्षणका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्