
फिदिम । नेकपा (माओवादी केन्द्र) सम्वद्ध अनेरास्ववियू (क्रान्तिकारी) पाँचथरको एघारौं सम्मेलनले विकास केरुङको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।
उक्त संगठनका निवर्तमान अध्यक्ष सूर्यमान बेघाका अनुसार नवनिर्वाचित कमिटीको उपाध्यक्षमा सन्दीप तुम्रोक र अइन्द्र जबेगू, सचिवमा रोषन न्यौपाने, सहसचिवमा प्रकाश लोहार र राजु राई तथा कोषाध्यक्षमा चित्रकला हाङसरुम्बा छन् ।
क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष तिलकराज भण्डारी, उपमहासचिव जीपी मैनाली सहितका विद्यार्थी नेताहरु, प्रदेशसभाको उद्योग, पर्यटन, वन तथा वातावरण समितिका सभापति सीता थेबे सहित माओवादी केन्द्रका नेताहरु होमबहादुर जबेगू, दिनेश लावती, विशाल रसाइली लगायतले अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गरेका थिए ।