
फिदिम, २० भदौ ।
वि.सं. २०५१ को उपनिर्वाचनमा पाँचथर क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भई गृह राज्यमन्त्री बन्नुभएका नेपाली काँग्रेसका नेता दीपकप्रकाश बाँस्कोटाले यहि साता काँग्रेसको सक्रिय राजनीतिबाट बिदा हुने घोषणा गर्नुभयो । काँग्रेसमा लामो योगदान दिनुभएका बाँस्कोटाले महाधिवेशनको मुखमा सक्रिय राजनीतिबाट बिदा हुनुलाई अर्थपूर्ण मानिएको थियो । घोषणाको एक सातापछि आइतवार फिदिममा पत्रकार सम्मेलन गरी बाँस्कोटाले दोश्रो जनआन्दोलनपछिको राजनीतिक घटनाक्रममा आफू असहमत रहेको प्रष्ट्याउनुभएको छ ।
“०४७ सालको संविधान खारेज गरी अन्तरिम संविधान बनाउनुपर्ने आवश्यकता थिएन । त्यहि संविधानलाई संशोधन गर्दा हुन्थ्यो”, बाँस्कोटाले भन्नुभयो, “त्यो काम घर भत्काएर पाल टाँगेर बस्नु जस्तै थियो ।” संक्रमणकालीन अवस्थामा संविधानकै कारण शासकीय ब्यवस्थामा वेथिति र भ्रष्टाचार मौलाएर उहाँको भनाई छ । उक्त विषयमा आफूले पटक–पटक असहमति राखेपनि पार्टीले बेवास्ता गरेको बाँस्कोटाले वताउनुभयो ।
नेकपा एमाले र माओवादी केन्द्रको चुनाबी गठबन्धन, बहुमतको सरकार र स्थिरता दिलाउने प्रयास असफल हुनुमा वर्तमान संविधानमा रहेका कमजोरी समेत कारक रहेको उहाँको धारणा छ । “संविधान नै गलत हुनाले यसले राम्रोसँग काम गर्न सकेन । दुई तिहाईको जनमत पाएको सरकार पनि विस्थापित भयो”, उहाँले भन्नुभयो ।

आफूविरुद्ध काँग्रेस र अन्य राजनीतिक दलहरुले मोर्चाबन्दी गरेको वताउँदै बाँस्कोटाले असल राजनीतिक चरित्र प्रदर्शन गर्न दलहरुलाई आग्रह गर्नुभयो । आफू पार्टीभित्र गुटमा नलाग्दा गत महाधिवेशनमा पराजित भएको वताउँदै बाँस्कोटाले गुटमुक्त काँग्रेस निर्माण आवश्यक रहेको वताउनुभयो ।
बाँस्कोटाले आफू काँग्रेसको क्रियाशील सदस्य बनेर युवा पुस्तालाई नेतृत्वमा पु¥याउन मद्दत गर्ने वताउनुभयो । “पहिलो त म ७४ वर्ष लागेँ । अब युवा पुस्तालाई गाइड गर्न मैले अवसर दिएको हुँ”, बाँस्कोटाले भन्नुभयो, “युवाहरुलाई नेतृत्वमा पु¥याउन अरु नेताहरुले योगदान नदिएपनि मैले मेरो स्थानबाट सानो योगदान दिएको हुँ ।”
२००५ सालमा जन्मनुभएका बाँस्कोटाले २०२६ सालबाट राजनीतिक यात्रा थाल्नुभएको थियो । काँग्रेस बरिष्ठ नेता कुलबहादुर गुरुङको प्रेरणाले काँग्रेसको राजनीतिमा लाग्नुभएका बाँस्कोटा काँग्रेस पाँचथरको सचिव समेत बन्नुभएको थियो । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री भएकै बखत बाँस्कोटा गृह राज्यमन्त्री बन्नुभएको थियो ।

राजनीतिबाट विश्राम लिएपछि आध्यात्मिक अभियानमा लाग्ने बाँस्कोटाले वताउनुभयो । “रोगविहीन समाज निर्माणका लागि अध्यात्म र वैदिक जीवनपद्धति प्रवद्र्धनमा म लाग्नेछु”, बाँस्कोटाले भन्नुभयो, “केही वर्षदेखि यहि क्षेत्रमा मैले योगदान दिँदै आएको भएपनि अब भने अभियानका रुपमा लिएर जान्छौँ ।”
अध्यात्मिक चिन्तन र वैदिक जीवनशैलीका कारण आफूले २२ वर्षअघि मुलुकको शल्यक्रिया गरेको भएपनि अहिले वुढेसकालमा आएर कुनै पनि औषधि सेवन गर्नु नपरेको उहाँको भनाई छ ।