बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु



फिदिम । झापाको कमल गाउँपालिका–४ चुलाचुलीमोडमा पूर्व–पश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको उर्लाबारी नगरपालिका–६ का ५० बर्षीय हेमसागर थापा रहेका छन् । हिजो दिउसो १ः३० बजे पश्चिम जाँदै गरेको को १ ख ६७६२ नम्बरको बसले सोही दिशा तर्फ जादै गरेको मे ३ प ९४४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा थापाको मृत्यु भएको हो ।

बस र बस चालक मोरङ उर्लाबारी नगरपालिका–७ का सम्पतलाल धिमाललाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्