फरार प्रतिबादी गाँजासहित पक्राउ



फिदिम । लागू औषध मुद्दाका फरार प्रतिबादी गाँजा सहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको वेलबारी नगरपालिका–५ का ६१ बर्षीय राज नारायण भन्ने लव नारायण माझी रहेका छन् । गत भदौ १० गते १ नम्बर प्रदेश प्रहरी कार्यालयको आरआइटी समूह र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट लागू औषध गाँजा चार किलो ३०० ग्राम र नगद रु. ५० हजार सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

माझीलाई मोरङ जिल्ला अदालतले गत ०७५ पुस ५ गतेको फैसलाबाट लागू औषध मुद्दामा ६ महिना ५ दिन कैद सजाय र रु. ३ हजार जरिवाना गर्ने फैसला गरेको थियो । विगतबाटै फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय बेलबारीले लागूऔषध कसूरमा म्याद थप लिई अनुसन्धान बढाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्