घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु



फिदिम । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।

हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्न क्रममा भीरबाट ३० मिटर तल खसेर गम्भीरर घाइते भएकी राईलाई उपचारका लागि हलेसीतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको थियो ।

घटनाका बारेमा इलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्