
फिदिम । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–७ स्थितका ६५ वर्षीय मगम राई १५ किलो गाँजा सहित पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले दिउसो १ बजे राईलाई घरमा लुकाई राखेको गाँजा सहित पक्राउ गरेको हो ।
राईलाई जिल्ला प्रहरी कार्यालय खोटाङले थुनामा राखी अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।